SBS Nepali-logo

SBS Nepali

SBS (Australia)

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Location:

Sydney, NSW

Description:

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Language:

Multilingual

Contact:

SBS Radio Sydney Locked Bag 028 Crows Nest NSW 1585 Australia (02) 9430 2828


Episodes
Pídele al anfitrión que permita compartir el control de reproducción

सन्दर्भ एन्ज्याक डे २०२६: अस्ट्रेलियन रक्षा बलका क्याप्टेन बलभद्र कार्कीसँगको विशेष कुराकानी

4/24/2026
पहिलो विश्वयुद्धमा होमिएका अस्ट्रेलिया र न्यु जिल्यान्डका सेनाहरूको त्याग र बलिदानको सम्झनामा हरेक वर्ष अप्रिल २५ मा देश विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी एन्ज्याक डे मनाउन थालिएको करिब ११० वर्ष पुग्न लागिसकेको छ। पहिलो एन्ज्याक डे सन् १९१६ को अप्रिल २५ मा मनाइएको थियो, त्यसभन्दा एक वर्षअगि टर्कीको ग्यालिपोलीमा करिब १६,००० अस्ट्रेलियन र न्यु जिल्यान्डका सैनिकहरू ओर्लिएको घटनाको सम्झनामा। सन् २०२६ को एन्ज्याक डेको पूर्वसन्ध्यामा हामी अस्ट्रेलियन डिफेन्स फोर्स (एडीएफ)मा क्याप्टेनका रूपमा कार्यरत सिड्नी निवासी बलभद्र कार्कीसँगको कुराकानी प्रस्तुत गर्दैछौँ। एक अन्तर्राष्ट्रिय विद्यार्थीबाट सुरु भएको उनको यात्रा, मेडिकल साइन्टिस्ट हुँदै रजिस्टर्ड नर्स र पछिल्लो समयमा एडीएफ अन्तर्गत एक क्याप्टेनसम्म कसरी पुग्यो भन्ने विषयमा कार्कीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Duración:00:28:50

Pídele al anfitrión que permita compartir el control de reproducción

What Home Minister Sudan Gurung's resignation means for Nepal - नेपाल: गृहमन्त्री सुधन गुरुङको राजीमानालाई कसरी लिने?

4/24/2026
Nepal’s newly appointed Home Minister Sudan Gurung has stepped down following growing questions over his finances. Gurung, a key figure in last year’s Gen Z protests, said in a Facebook post on Wednesday that he was resigning to allow for a “fair investigation.” He is the second minister to leave the new cabinet. - रामराज्यको चाहना राख्नेले त्याग र नैतिक साहस देखाउनुपर्ने धारणा फेसबुक पेजमा राख्दै गृहमन्त्री सुधन गुरुङले बुधवार पदबाट राजीनामा दिए। हाल थुनामा रहेका विवादास्पद व्यवसायी दिपक भट्टसँग सेयर साझेदारीको विषय बाहिरिएपछि मन्त्री गुरुङलाई राजीनामा दिन दबाब परेको थियो।

Duración:00:05:41

Pídele al anfitrión que permita compartir el control de reproducción

Australian weather update for Saturday, 25 April 2026 - शनिवार, २५ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

4/24/2026
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Duración:00:01:52

Pídele al anfitrión que permita compartir el control de reproducción

A Nepali mum in Australia awaits Liam’s DMD treatment: ‘Our world turned upside down’ - लिएमको 'डीएमडी' उपचार पर्खाइमा अस्ट्रेलियाकी एक नेपाली आमा: 'हाम्रो त संसार नै उल्टियो'

4/24/2026
Canberra-based Nepali mother and registered nurse Nirjala Sigdel shares her personal journey after her two-year-old son, Liam, was diagnosed with Duchenne muscular dystrophy (DMD), a rare and progressive genetic disorder that causes muscle degeneration. She describes the diagnosis as a moment when her “world turned upside down.” Sigdel highlights the emotional and practical challenges of caring for a child with a life-limiting condition, while also advocating for access to emerging treatments, including gene therapy, within Australia. Disclaimer: Listener discretion is advised, as the discussion includes references to suicide that may be distressing for some audiences. - क्यान्बरा निवासी निर्जला सिग्देल आफ्नो छोरा लिएममा निकै दुर्लभ मानिने जेनेटिक अवस्था डुशेन मस्कुलर डिस्ट्रोफी (डीएनडी) रहेको थाहा पाउँदा संसारै उल्टिए जस्तो लागेको बताउँछिन्। यो एक गम्भीर र क्रमशः बढ्दै जाने जेनेटिक डिसअर्डर वा जिनमा रहेको एक असामान्य अवस्था हो र यो अवस्था आफ्नो एक्लो सन्तान हाल दुई वर्षका लिएमलाई पनि रहेको थाहा पाउँदाको अनुभव देखि उनी यस रोगको उपचार अस्ट्रेलियामा नै सम्भव होस् भनेर कसरी सक्रिय रूपमा आवाज उठाइरहेकी छिन् भन्ने बारे पेसाले रजिस्टर्ड नर्स रहेकी सिग्देलले बताएकी छिन्। सहकर्मी सुनिता पोखरेलसँग गरिएको कुराकानी प्रस्तुत गर्नु अघि श्रोताहरूलाई। नोट: यो कुराकानी कतिपय श्रोताका लागि विचलित पार्ने किसिमको पनि हुन सक्छ। कुराकानीका क्रममा आत्महत्याको बारेमा पनि उल्लेख गरिएको छ।

Duración:00:31:12

Pídele al anfitrión que permita compartir el control de reproducción

Trump orders US military to 'shoot and kill' Iranian boats laying mines | Morning News Bulletin 24 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: शुक्रवार, २४ एप्रिल २०२६

4/23/2026
Donald Trump orders the US military to 'shoot and kill' Iranian boats laying mines in the Strait of Hormuz; Fears remote Indigenous communities could be left without any power; Jamarra Ugle-Hagan to make his long-awaited debut with the Gold Coast Suns. - न्यु साउथ वेल्स प्रिमियर क्रिसमिन्सले राज्यको सार्वजनिक स्वास्थ्य प्रणालीले एनडीआईएस योजनाबाट बाहिरिन बाध्य भएका मानिसहरूलाई उस्तै स्तरको (‘like for like’) सेवा प्रदान गर्न नसक्ने बताएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

Duración:00:05:00

Pídele al anfitrión que permita compartir el control de reproducción

‘As a visual journalist, it was my duty to cover it at that time’: Narendra Shrestha - ‘एक फोटो पत्रकारका रूपमा यो मेरो कर्तव्य थियो’: नरेन्द्र श्रेष्ठ

4/23/2026
Nepali photojournalist Narendra Shrestha is one of the winners of the 2026 World Press Photo Contest. His image, captured during the Gen Z protests in Nepal last September, which shows the Singha Durbar engulfed in flames, was selected as a joint winner in the ‘Singles’ category for the West, Central and South Asia region, alongside two other photographs. Nepal correspondent Pratichya Dulal spoke with Shrestha about what he witnessed and experienced while taking the photo, as well as his career and the state of photojournalism in Nepal. - यस वर्षको वर्ल्ड प्रेस फोटोका एकजना विजेता, नेपाली फोटो पत्रकार नरेन्द्र श्रेष्ठ हुन्। नेपालमा गत वर्षको सेप्टेम्बरमा भएको जेन-जी आन्दोलनको क्रममा जलि रहेको सिंहदरबार देखाउने उनको एउटा फोटो, वेस्ट, सेन्ट्रल एण्ड साउथ एसिया विधामा अन्य दुई तस्विरहरू सँगै ‘सिङ्गल्स’ विधामा सह-विजेताका रूपमा छानिएको थियो। नेपाल संवाददाता प्रतिक्षा दुलालले नरेन्द्र श्रेष्ठसँग उनले उक्त फोटो खिच्दा खेरि देखेको, भोगेको अनुभव र आफ्नो करियर अनि नेपालमा फोटोपत्रकारहरूको अवस्थाका बारे गर्नुभएको कुराकानी सुन्नुहोस्।

Duración:00:12:00

Pídele al anfitrión que permita compartir el control de reproducción

Radio Program: Gagan-led Congress deemed legitimate; Australia's moves to secure fuel reserves - रेडियो कार्यक्रम: गगन नेतृत्व कै काँग्रेस वैधानिक ठहर र अस्ट्रेलियाको इन्धन जगेर्ना प्रयास

4/23/2026
Listen to our radio program, first aired on SBS South Asian on Tuesday, 14 April 2026 at 2 PM, and repeat on Thursday 16 April on SBS Radio 2 from 4 PM featuring, Australia-focused news from the past seven days, in Nepal news, The Supreme Court has ruled that the Nepali Congress led by Gagan Thapa is legitimate in the dispute over the party’s official status, other topics include, Federal Government's announcement on free RSV vaccinations for older Australians, and Nepali mother's day celebration. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, २१ एप्रिल सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण र बिहीवार २३ एप्रिलमा एसबीएस रेडियो २ मा पुनः प्रसारण हुने एसबीएस नेपालीको कार्यक्रममा हामीले अस्ट्रेलियाका लागि थप १० करोड लिटर डिजेल आयात सुनिश्चित गरिएको प्रधानमन्त्रीको भनाइ लगायत पछिल्ला सात दिनका अस्ट्रेलिया केन्द्रित समाचार, नेपाल समाचारमा गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई बैधानिक ठहर गरिएको र एक नेपाली विद्यार्थीको अस्ट्रेलियामा सोसल वर्क विषय पढ्दाको अनुभव बारे सुन्नुहोस्। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

Duración:00:46:58

Pídele al anfitrión que permita compartir el control de reproducción

SBS Nepali Community Program Update: Exhibition in Sydney and mobile passport service in Perth - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: नेपाली संस्कृति झल्काउने प्रदर्शनी र राहदानी घुम्ती सेवा

4/23/2026
Learn about Nepali community events across Australia, including Book Launch and exhibition in Sydney, Mobile passport service in Perth and a table tennis tournament in South Australia. - सिड्नीमा पुस्तक लोकार्पण र नेपाली संस्कृति झल्काउने प्रदर्शनी, पर्थमा राहदानी घुम्ती सेवा लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

Duración:00:04:51

Pídele al anfitrión que permita compartir el control de reproducción

Australian weather update for Friday, 24 April 2026 - शुक्रवार, २४ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

4/23/2026
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Duración:00:01:49

Pídele al anfitrión que permita compartir el control de reproducción

Sound design in Nepali films: What does the industry need next? - नेपाली सिनेमामा ‘साउन्ड डिजाइन’: कस्तो छ अवस्था?

4/23/2026
As more people build “home studios” to watch movies, has the need for sound design in Nepal’s film industry changed over the years? Nepal correspondent Girish Subedi spoke with senior sound designer and trainer Bipin Sthapit, who has been working in the industry for over three decades. Sthapit is the founding president of the newly formed Audio Visual Society of Nepal (AVSN). - करिब तीन दशक जतिको समय ध्वनि सम्पादनमा बिताइसकेका बिपिन स्थापित हाल नेपालमा एक सिनियर साउन्ड डिजाइनरका रूपमा परिचित छन्। उनको काम कालो पोथी लगायतका नेपाली सिनेमाहरूमा पाउन सकिन्छ। यसका साथै उनले उक्त विषयमा प्रशिक्षण पनि दिने गरेका छन्। र, लामो समयको प्रयास पछि, हालसालै नेपाली फिल्मकर्मी श्रव्यदिव्य प्राविधिकहरूको एक सङ्गठन सुरु गर्न आफू सफल भएको भनाई राख्ने स्थापित, ‘नेपाल श्रव्य दृश्य समाज’ वा ‘अडियो भिजुअल सोसाइटी अफ नेपाल’बाट नेपाली सिनेमाको स्तरोन्नतिको निम्ति उल्लेखनीय कामहरू गर्ने आफ्नो चाहाना रहेको बताउँछन्। बिपिन स्थापितसँग एसबीएस नेपालीका लागि संवाददाता गिरिश सुवेदीले नेपाली सिनेमामा ध्वनिको गुणस्तर लगायतका विषयमा गर्नुभएको कुराकानी सुन्नुहोस्।

Duración:00:11:57

Pídele al anfitrión que permita compartir el control de reproducción

‘कठिन तर अपरिहार्य’: अपाङ्गता सम्बन्धी बिमा योजनाको खर्च घटाउन सरकारले कस्ता सुधार ल्याउँदै छ?

4/23/2026
सङ्घीय सरकारको अपाङ्गता सम्बन्धी बिमा योजना, नेशनल डिजेबीलीटी इन्स्योरेन्स स्कीम (एनडीआइएस)मा खर्च कटौती र ठगीलाई नियन्त्रण गर्न ठुलो परिवर्तन गर्ने सरकारले घोषणा गरेको छ। अपाङ्गता अधिकारकर्मीहरूले सुधारका केही पक्षहरूलाई स्वागत गरेको भए पनि सहयोग कटौती र योग्यतासम्बन्धी मापदण्डबारे अझ स्पष्टता दिन आवश्यक रहेको बताएका छन्। उनीहरूले आवश्यक सहयोगमा निर्भर व्यक्तिहरूले अत्यावश्यक सेवा गुमाउने जोखिम रहेको चिन्ता व्यक्त गरेका छन्। एक रिपोर्ट

Duración:00:09:41

Pídele al anfitrión que permita compartir el control de reproducción

When should you see a doctor for a cold or flu? - रुघाखोकी लाग्दा कस्तो अवस्थामा डाक्टरकोमा जाने?

4/22/2026
After Australia’s deadliest flu season on record, with over 1,700 deaths, the government is urging everyone over 6 months get a flu shot. SBS Nepali spoke to Sydney-based GP Dr Prabin Pathak about fast-spreading flu variant known as Super-K flu, high-risk groups, and when to seek medical care. - अस्ट्रेलियामा जाडो याम सुरु भएसँगै फ्लु सिजन पनि सुरु भइसकेको छ। गत वर्ष रुघाखोकी जस्ता फ्लु सम्बन्धी विभिन्न समस्याका कारण १७ सय भन्दा बढी अस्टेलियनहरुको ज्यान गएको तथ्याङ्क रहेकोमा, यस वर्षको चिसो मौसममा रोग प्रतिरोधी बन्न के गर्न सकिन्छ त? सिड्नी स्थित जीपी प्रबिन पाठकले ६ महिना भन्दा माथिका सबैले फ्लु भ्याक्सीन लगाउन सुझाव दिन्छन्। सुपर-के फ्लु भनेको के हो, कस्ता व्यक्तिले फ्लु सट लगाउनु पर्छ, रुघाखोकी लाग्दा कुन अवस्थामा डाक्टरको जाने? यीनै विषयमा डाक्टर पाठकसँग गरिएको कुराकानी सुन्नुहोस्।

Duración:00:09:12

Pídele al anfitrión que permita compartir el control de reproducción

Iran seizes ships crossing Hormuz | Morning News Bulletin 23 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बिहीवार, २३ एप्रिल २०२६

4/22/2026
In this bulletin, Iran says it has seized cargo ships near the Strait of Hormuz, the Coalition says there's been little consultation on changes to the NDIS. And in NRL, St George Illawarra’s Kade Reed says he's looking forward to his Anzac Day debut. - रिजनल क्वीन्सल्यान्डको केर्न्स नजिकै रहेको डीरलस्थित आगलागी भएको एक घरमा मानव अवशेष फेला परे पछि अनुसन्धान जारी लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।

Duración:00:04:59

Pídele al anfitrión que permita compartir el control de reproducción

Australian weather update for Thursday, 23 April 2026 - बिहीवार, २३ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

4/22/2026
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Duración:00:01:38

Pídele al anfitrión que permita compartir el control de reproducción

Australia's Niue Island Community Honours ANZAC Pioneers - SBS Examines: अस्ट्रेलियामा बसोबास गर्ने न्युवे टापुका समुदायद्वारा एन्ज्याकहरुको सम्मान

4/22/2026
Forgotten ANZACs from the Pacific Island of Niue. Descendants recall the tragedy filled journey of 150 volunteers, from an isolated tropical atoll, who were thrust into the cauldron of World War I. - प्रशान्त महासागर स्थित न्युवे टापुका १५० जना स्वयंसेवकहरूको त्रासदीपूर्ण यात्रालाई उनीहरूका वंशजहरूले अस्ट्रेलियामा 'एनज्याक डे' मनाइँदै गर्दा स्मरण गरेका छन्। उनीहरूले पहिलो विश्वयुद्धको भीषण सङ्घर्षमा भाग लिएका थिए।

Duración:00:07:17

Pídele al anfitrión que permita compartir el control de reproducción

Melbourne restaurant wage theft: Nepalis among workers receiving back pay - मेलबर्नको रेस्टुरेन्टमा तलब ठगी: नेपाली सहितका कर्मचारीले पाए फिर्ता रकम

4/22/2026
The Fair Work Ombudsman has signed an Enforceable Undertaking with the operator of a Melbourne restaurant, which has back-paid more than $194,000 to 38 workers, including visa holders from Nepal and India. - कर्मचारीलाई कम तलबमा काम लगाउने मेलबर्नको एक रेस्टुरेन्टलाई फेयर वर्क अम्बड्समनले एक सम्झौता मार्फत ३८ जना कामदारलाई १ लाख ९४ हजार डलर भन्दा बढी फिर्ता गर्न लगाएको छ। इन्फोरसेबल अन्डरटेकिङ भनिने एक लिखित प्रतिबद्धता मार्फत कामदारहरूले ठगिएको रकम फिर्ता पाएका हुन्।

Duración:00:06:22

Pídele al anfitrión que permita compartir el control de reproducción

Trump extends ceasefire deadline | Morning News Bulletin 22 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बुधवार, २२ एप्रिल २०२६

4/21/2026
Ceasefire deadline extended as the world waits to see whether Iran will join peace talks; NDIS cuts due to be outlined today; the Sydney Swans prepare for a tough test against the Western Bulldogs. - पेरेन्ट्स भिसा माग र यो पाउन पर्खनु पर्ने समय लम्बिएको बारे सरकारको भनाइ, अमेरिकाले इरानसँगको युद्ध विराम अवधि लम्ब्याउने राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ, एक आदिवासी महिलाले आफ्नो मुद्दा सुनुवाई हुने स्थानलाई लिएर गरेको आग्रह मजिस्ट्रेटद्वारा अस्विकार, सिड्नी स्वान्सका प्रशिक्षकले वेस्टर्न बुल्डग्ससँग कडा प्रतिस्पर्धा हुने बताएको लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।

Duración:00:04:15

Pídele al anfitrión que permita compartir el control de reproducción

‘Ratyauli’ in Nepali weddings - ‘आमालाई सारी र भेटी, छोरालाई सुन्तला पाउरोटी’: बिहेमा रत्यौली

4/21/2026
As the Nepali New Year ushers in a new wedding season, listen to our conversation with Sabina Adhikari Chhetri, who sings traditional ‘ratyauli’ songs. Nepal correspondent Sewa Bhattarai spoke to Chhetri during a ratyauli workshop organised by Ethnomusicologist Pushpa Palanchoke in Pokhara. - नेपाली नव वर्षसँगै विवाहको पनि नयाँ मौसम सुरु हुँदै गर्दा, तपाईँहरूलाई बिहेका बेला गाइने रत्यौलीका बारेमा चाहिँ कत्तिको थाहा छ? केही समय अगि, नेपालको पर्यटकीय शहर, पोखरामा एकजना एथ्नोम्युजिकोलोजिस्ट, पुष्पा पलाञ्चोकेले रत्यौली सम्बन्धी कार्यशाला आयोजना गरेकी थिइन्। त्यहाँ पुगेर संवाददाता सेवा भट्टराईले रत्यौली लगायत भजनकिर्तनमा व्यस्त रहने गरेकी र महिलाका परम्परादेखि चलिआएका गीतहरूकी एक जानकार सबिना अधिकारी क्षेत्रीसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।

Duración:00:10:56

Pídele al anfitrión que permita compartir el control de reproducción

Australian weather update for Wednesday, 22 April 2026 - बुधवार, २२ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

4/21/2026
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

Duración:00:01:58

Pídele al anfitrión que permita compartir el control de reproducción

The overlooked story: Aboriginal and Torres Strait Islander service on ANZAC Day - बेवास्ता गरिएको कथा: एन्ज्याक डेमा आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूको सेवाको सम्झना

4/21/2026
Each year Australians gather on ANZAC Day to remember those who served in wars, conflicts and peacekeeping missions. But whose stories are we remembering? Are there stories we don’t always hear? In this episode we explore an important part of Australia’s history that has often been overlooked—the service of Aboriginal and Torres Strait Islander peoples. - हरेक वर्ष एन्ज्याक डेका दिन मानिसहरू भेला भएर युद्ध, द्वन्द्व र शान्ति स्थापनामा योगदान दिएका मानिसहरू प्रति सम्झना गर्ने गरिन्छ। तर यदि अस्ट्रेलियामा तपाई नयाँ हुनुहुन्छ भने एन्ज्याक डेको महत्वका बारेमा बुझ केही समय लाग्न सक्छ। एन्ज्याक डे युद्ध र विभिन्न सङ्घर्षहरूमा सेवा गरेका व्यक्तिहरूलाई सम्झने समय हो र धेरै अस्ट्रेलियनहरूका लागि यो इतिहासलाई सम्मान गर्दै एकताबद्ध हुने एक क्षण पनि हो। अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा हामी आदिवासी र टोरेस आइल्याण्डर मानिसहरूले सेनामा गरेको सेवा र ओझेलमा परेको एक महत्त्वपूर्ण इतिहासका बारेमा चर्चा गर्दै छौ।

Duración:00:08:08